काठमाडौं । नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले विपद्पछिको पुनर्निर्माणका लागि अर्थमन्त्रीको नेतृत्वमा विशेष कार्यदल गठन गर्न सरकारसँग माग गरेका छन्।
बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले अन्तर्राष्ट्रिय सहयोग, क्षतिपूर्ति र समन्वयका लागि परराष्ट्रमन्त्रीको नेतृत्वमा तथा पुनर्निर्माणका लागि अर्थमन्त्रीको नेतृत्वमा छुट्टाछुट्टै विशेष कार्यदल बनाउनुपर्ने बताए।
बादलले सरकारको योजनाबारे संसद्लाई निरन्तर जानकारी गराउनुपर्ने, राजनीतिक दल, नागरिक समाज र विज्ञ सम्मिलित संयन्त्र तत्काल गठन गर्नुपर्ने तथा सरकारलाई निगरानी र सहयोग गर्न सभामुखको अग्रसरतामा विशेष संसदीय समिति बनाउनुपर्ने माग गरे।
जलवायु परिवर्तनजन्य संकट सामना गर्न अन्तर्राष्ट्रिय ऐक्यबद्धता जुटाउन ‘सगरमाथा संवाद’को दोस्रो संस्करण तत्काल अघि बढाउनुपर्ने उनको भनाइ थियो।
सम्बन्धित खबर

