काठमाडौँ। धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज १५ दशमलव ४४ अंकले बढेर २ हजार ५३८ दशमलव ११ विन्दुमा पुगेको छ।
ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३ दशमलव ०२ अंकले बढेर ४४९ दशमलव १८ विन्दुमा पुगेको छ। आज ७२ लाख ६८ हजार २०२ कित्ता सेयर २ अर्ब ९४ करोड २७ लाख रुपैयाँभन्दा बढीमा कारोबार भएको छ।
१३ उपसमूहमध्ये ११ उपसमूह बढ्दा दुई उपसमूह घटेका छन्। कारोबार भएका कम्पनीमध्ये १९३ कम्पनीको सेयर मूल्य बढेको, ७५ कम्पनीको घटेको र १० कम्पनीको स्थिर रहेको नेप्सेले जनाएको छ।
आज उपकार लघुवित्त, माथिल्लो मैलुङ खोला जलविद्युत् र आत्मनिर्भर लघुवित्तका लगानीकर्ताले बढी कमाएका छन् भने एनएमबी इजर्नी बण्ड, आरबिबि म्युचुअल फण्ड र कुथेली बुखरी स्मल हाइड्रोपावरका लगानीकर्ताले गुमाएका छन्।
सम्बन्धित खबर

