ADVERTISEMENT

त्रिशूली–३ ए सुरुङमा उद्धार प्रयास जारी

काठमाडौं । भदौ १० गते भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीपछि त्रिशूली–३ ए जलविद्युत् परियोजनाको सुरुङमा थुनिएका भनिएका व्यक्तिहरूको उद्धार प्रयास जारी छ।

स्वदेशी विज्ञ र सुरक्षाकर्मीको संयुक्त टोलीले सुरुङ खोल्ने तथा भित्र जमेको हिलो सफा गर्ने काम गरिरहेको छ। जियोटेक्निकल इन्जिनियर उदयराज न्यौपानेका अनुसार सुरुङको प्रवेशद्वार स्ल्याबले बन्द भएकाले ठूला ढुंगा भित्र नछिरेको अनुमान गरिएको छ।

सुरुङभित्र रहेका सातवटा ठूला ढुंगालाई एक–एक गरी विस्फोट गराउँदै सुरुङभित्र प्रवेश गर्ने तयारी भइरहेको न्यौपानेले बताएका छन्। उद्धार टोली सुरुङभित्र छिर्ने योजनाअनुसार काम गरिरहेको र अवस्था आशावादी रहेको उनको भनाइ छ।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार