सरकार उद्धारभन्दा प्रचारमा केन्द्रित भएको कांग्रेसको आरोप


काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विपद्का बेला सरकार प्रभावकारी रूपमा फिल्डमा खटिन नसकेको आरोप लगाएको छ। कांग्रेसले सरकार उद्धार तथा राहतभन्दा सामाजिक सञ्जालमार्फत प्रचारप्रसारमा बढी केन्द्रित भएको दाबी गरेको हो।

बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै कांग्रेस सांसद भीष्मराज आङ्देम्बेले स्थलगत अवलोकनका क्रममा पीडितका गुनासा सुनेपछि सरकारको कार्यशैलीमाथि प्रश्न उठाउन बाध्य भएको बताए।

उनले जोखिममा रहेका समुदायसम्म सरकार समयमै पुग्न नसकेको र बाढी प्रभावित क्षेत्रमा विभिन्न जलविद्युत् आयोजनाका सुरुङमा फसेका नागरिकको खोज तथा उद्धारमा समेत ढिलाइ भएको बताए।

आङ्देम्बेले सरकारलाई प्रचारभन्दा उद्धार, राहत र नागरिकको ज्यान जोगाउने कामलाई प्राथमिकता दिन आग्रह गरे।

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।

ट्रेन्डिङ समाचार