आत्मदाह प्रयास गरेका विवेकको अवस्था गम्भीर, शल्यक्रिया हुँदै
काठमाडौं । सर्लाहीको गोडैता नगरपालिकाका २५ वर्षीय विवेक मण्डलले आत्मदाह प्रयास गरेपछि उनको अवस्था गम्भीर बनेको छ। शुक्रबार हेलिकप्टरमार्फत काठमाडौं ल्याइएका मण्डलको कीर्तिपुरस्थित बर्न अस्पतालको आईसीयूमा उपचार भइरहेको छ।
अस्पतालका निर्देशक डा. किरण नकर्मीका अनुसार उनको शरीरको करिब ८५ प्रतिशत भाग जलेको छ र आज शल्यक्रिया गरिने तयारी गरिएको छ। मण्डलले शुक्रबार घरबाट करिब २०० मिटर टाढा गएर आफ्नै शरीरमा पेट्रोल खन्याई आगो लगाएका थिए।