काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री एवं पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य क्षेत्रमा वास्तविक सुधारका लागि सतही काम मात्र पर्याप्त नहुने बताएका छन्। सामाजिक सञ्जालमार्फत उनले अस्पताल फार्मेसीको बोर्ड परिवर्तन गरेर मात्र नागरिकले सहज सेवा र सस्तो औषधि नपाउने भन्दै दीर्घकालीन नीति र व्यावहारिक सुधार आवश्यक रहेको उल्लेख गरेका छन्।
पौडेलले आफू मन्त्री हुँदा औषधिको समान मूल्य कायम गर्ने, सेन्ट्रल बिडिङ र लोकल पर्चेजिङ प्रणाली लागू गर्ने, जेनेरिक औषधिको मूल्य निर्धारण तथा नयाँ औषधि नियमनसम्बन्धी विधेयक र निर्देशिका तयार गरिएको दाबी गरेका छन्। ती कामहरू अहिले ओझेलमा परेको भन्दै उनले नागरिकले प्रत्यक्ष राहत महसुस गर्ने गरी स्वास्थ्य क्षेत्रमा प्रभावकारी सुधार गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।
२०८३ असार २८, आईतवार ०९:२९ प्रकाशित



