काठमाडौँ । त्रिपुरेश्वरमा आत्मदाह प्रयासपछि उपचारका क्रममा मृत्यु भएका गणेश नेपालीको परिवारसँग सरकारले निरन्तर छलफल गरिरहेको छ। परिवारसँग सहमति नजुटेकाले उनको शव त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टम नगरी सुरक्षित राखिएको छ।
घटनाको छानबिनका लागि डीआईजी गोविन्द थपलियाको नेतृत्वमा समिति गठन गरिएको छ। काठमाडौँ महानगरपालिकाले परिवारलाई रोजगारी र सन्ततिलाई निःशुल्क शिक्षा उपलब्ध गराउने घोषणा गरेको छ।
गणेशले मोटरसाइकल पार्किङको विषयमा महानगर प्रहरीसँग विवाद भएपछि आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए।
२०८३ असार २८, आईतवार ०७:३९ प्रकाशित



