मनसुन सक्रिय, आज केही स्थानमा भारी वर्षाको चेतावनी


काठमाडौँ । मनसुनी वायुको प्रभावका कारण आज देशभर सामान्यदेखि पूर्ण बदली रहने र अधिकांश स्थानमा चट्याङ्गसहित वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

कोशी, बागमती, गण्डकी, मधेस र लुम्बिनी प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा तथा पहाडी क्षेत्रका एक–दुई स्थानमा अति भारी वर्षाको सम्भावना रहेको छ।

महाशाखाले बाढी, पहिरो र डुबानको जोखिम बढ्न सक्ने भएकाले आवश्यक सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।

ट्रेन्डिङ समाचार