काठमाडौं । मुगुका गणेश नेपालीको आत्मदाहबाट मृत्यु भएको घटनाको न्याय माग गर्दै काठमाडौंमा प्रदर्शन भएको छ।
वीर अस्पताल अगाडि भएको प्रदर्शनमा सहभागीहरूले सरकार र सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) विरुद्ध नाराबाजी गरेका छन्। प्रदर्शनकारीहरूले प्रधानमन्त्री बालेन शाह र रास्वपा सभापति रवि लामिछानेको नाम लिँदै न्यायको माग गरेका छन्।
प्रदर्शनस्थलमा सुरक्षा व्यवस्था कडा पारिएको छ। नेपालीको शव आफन्तले बुझ्न अस्वीकार गरेका छन् भने शव त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टमका लागि राखिएको छ।
सरकारले पीडित परिवारसँग वार्ता जारी राखे पनि अहिलेसम्म कुनै सहमति हुन सकेको छैन।
२०८३ असार २७, शनिबार १५:४१ प्रकाशित



