नेपालीको मृत्युपछि वीर अस्पताल अगाडि प्रदर्शन


काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि बिहीबार आत्मदाह प्रयास गरेका मुगुका गणेश नेपालीको उपचारका क्रममा शुक्रबार वीर अस्पतालमा निधन भएको छ।

उनको निधनपछि आफन्त तथा स्थानीयले वीर अस्पतालसहित काठमाडौंका विभिन्न स्थानमा प्रदर्शन गरेका छन्। आफन्तका अनुसार राहदानी विभागअगाडि पार्किङ गरिएको उनको मोटरसाइकलमा काठमाडौं महानगरपालिकाको नगर प्रहरीले ह्वील लक लगाएपछि उत्पन्न विवादलगत्तै उनले आत्मदाह प्रयास गरेका थिए।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

२०८३ असार २६, शुक्रबार १५:३६ प्रकाशित
ट्रेन्डिङ समाचार