पहाडी तथा तराईका धेरै स्थानमा चट्याङसहित वर्षा हुने सम्भावना


काठमाडौँ ।  मनसुनी वायुको प्रभावका कारण आज देशभर सामान्यदेखि पूर्ण बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

पहाडी तथा तराईका धेरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ भने कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ।

सम्भावित जोखिमलाई ध्यानमा राख्दै आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

२०८३ असार २६, शुक्रबार ०७:३७ प्रकाशित
ट्रेन्डिङ समाचार