राष्ट्र बैंक ऐनमा संशोधन प्रस्ताव : ३ डेपुटी गभर्नर र ४ वर्षे कार्यकालको माग


काठमाडौं । सांसदहरूले नेपाल राष्ट्र बैंक ऐन संशोधन विधेयकमाथि विभिन्न संशोधन प्रस्ताव दर्ता गरेका छन्। प्रस्तावमा राष्ट्र बैंकमा हालका २ को सट्टा ३ जना डेपुटी गभर्नर राख्ने, गभर्नर, डेपुटी गभर्नर र सञ्चालकको कार्यकाल ५ वर्षबाट घटाएर ४ वर्ष कायम गर्ने तथा तीनमध्ये एक जना डेपुटी गभर्नर बाहिरबाट नियुक्त गर्ने व्यवस्था गर्नुपर्ने उल्लेख गरिएको छ।

यस्तै, सञ्चालक समितिमा महिला प्रतिनिधित्व सुनिश्चित गर्ने, गैर–कार्यकारी सञ्चालकको संख्या तथा समितिको आकारबारे फरक–फरक प्रस्ताव, गभर्नर तथा सञ्चालकको योग्यता, अनुभव र नियुक्ति प्रक्रियामा परिवर्तन, वाणिज्य बैंकका सीईओको ‘कुलिङ–अफ’ अवधि, शेयर स्वामित्वको सीमा तथा जाँचबुझ समितिको संरचनासम्बन्धी संशोधन पनि दर्ता भएका छन्। अब यी प्रस्तावमाथि संसदीय प्रक्रियाअनुसार छलफल हुनेछ।

२०८३ असार २४, बुधबार १६:४२ प्रकाशित
ट्रेन्डिङ समाचार