काठमाडौं । नेपाल राष्ट्र बैंकले २५ अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र २०८४ ‘ङ’ को बोलकबोल आह्वान गरेको छ।
राष्ट्र बैंकले जारी गरेको सूचनाअनुसार ऋणपत्रको बोलकबोल अनलाइन माध्यमबाट गर्न सकिनेछ। बोलकबोलमा राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउनेछन्।
बोलकबोलकर्ताले आफूले लिन चाहेको रकम र ब्याजदर उल्लेख गर्नुपर्नेछ। ब्याजदर दशमलवपछिको चार अंकसम्म राख्न सकिनेछ। न्यूनतम ५ करोड रुपैयाँदेखि बढीमा ५ करोडले निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।