काठमाडौं। दुई गोलले पछि परेको अवस्थाबाट शानदार पुनरागमन गर्दै साविक विजेता अर्जेन्टिनाले इजिप्टलाई ३–२ ले पराजित गर्दै फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा स्थान बनाएको छ।
एटलान्टामा भएको रोमाञ्चक खेलमा अर्जेन्टिना ७९औँ मिनेटसम्म २–० ले पछि थियो। त्यसपछि क्रिस्टियन रोमेरो, कप्तान लियोनल मेसी र इन्जुरी टाइममा एन्जो फर्नान्डेजले गोल गर्दै अर्जेन्टिनालाई अविस्मरणीय जित दिलाए।
इजिप्टका यासर इब्राहिम र मोस्तफा जिकोले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। तर अन्तिम समयमा दबाब थेग्न नसक्दा इजिप्ट विश्वकपबाट बाहिरियो।
अब अर्जेन्टिनाले सेमिफाइनल प्रवेशका लागि कोलम्बिया र स्विट्जरल्यान्डबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।
२०८३ असार २४, बुधबार ०८:०५ प्रकाशित



