काठमाडौ । काठमाडौँमा पछिल्लो २४ घण्टामा सवारी नियम उल्लङ्घन गरेको आरोपमा दुई हजार चालक कारबाहीमा परेका छन्।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार उक्त कारबाहीबाट राज्यकोषमा रु २० लाख चार हजार १४ राजस्व सङ्कलन भएको छ।
कारबाहीमा मादक पदार्थ सेवन, नियमविपरीत राइड सेयरिङ, ट्राफिक बत्ती उल्लङ्घन, तीव्र गति, लेन अनुशासन पालना नगर्ने, निषेधित क्षेत्रमा हर्न बजाउने, सडक पेटीमा पार्किङ गर्ने, एकतर्फी सडकमा सवारी चलाउने तथा अन्य नियम उल्लङ्घन गर्ने चालकहरू परेका छन्।
२०८३ असार २०, शनिबार १२:०२ प्रकाशित

