काठमाडौँ । काठमाडौँ उपत्यकाको मौलिक धार्मिक तथा सांस्कृतिक पर्व इन्द्रजात्रा आज परम्परागत विधिअनुसार विविध अनुष्ठानसहित मनाइँदै छ।
वर्षा, सहकाल र समृद्धिसँग जोडिएको इन्द्रजात्राको मुख्य आकर्षण जीवित देवी कुमारीको रथयात्रा हो। कुमारीको रथ काठमाडौँका पुराना बस्ती हुँदै नगर परिक्रमा गराइँदा भक्तजनले कुमारीको दर्शन तथा पूजाआजा गर्ने गर्छन्।
पर्वका अवसरमा इन्द्रध्वज स्थापना तथा पूजा, भैरव, गणेश र कुमारीलगायत देवीदेवताका पूजाआजा तथा विभिन्न परम्परागत नृत्य र सांस्कृतिक प्रदर्शन गरिन्छ।
हिन्दू र बौद्ध परम्पराको समन्वय रहेको इन्द्रजात्राले नेवार समुदायको मौलिक संस्कृति, धार्मिक आस्था र सामुदायिक सहभागितालाई उजागर गर्दै आएको छ। पर्वलाई ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक परम्पराको संरक्षणसँगै सामाजिक एकताको पर्वका रूपमा समेत लिइन्छ।
सम्बन्धित खबर

प्रतिक्रिया