काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक नेप्से ११.७७ अंकले बढेर २६२९.८१ बिन्दुमा पुगेको छ।
बुधबार ३६.२५ अंकले घटेको नेप्से बिहीबार भने दोहोरो अंकले उकालो लागेको हो। बिहीबार कुल ५ अर्ब ४४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। अघिल्लो दिन ६ अर्ब १६ करोड रुपैयाँको कारोबार भएको थियो।
बिहीबार कारोबारमा आएका कम्पनीमध्ये १७६ वटाको सेयर मूल्य बढेको छ भने ९५ वटाको घटेको छ। यस्तै, ७ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।
सम्बन्धित खबर




प्रतिक्रिया