काठमाडौँ । लगातारको वर्षाका कारण मुग्लिन–नारायणगढ सडकखण्डका विभिन्न स्थानमा पहिरो गएपछि सवारी आवागमन बन्द गरिएको छ।
जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार सडकखण्डमा निरन्तर पहिरो खसिरहेको र पहिरो हटाउने काम जारी रहेकाले अर्को सूचना नभएसम्मका लागि आवागमन बन्द गरिएको हो। प्रशासनले यात्रु तथा चालकलाई सोहीअनुसार यात्रा व्यवस्थापन गर्न अनुरोध गरेको छ।
सम्बन्धित खबर

प्रतिक्रिया