काठमाडौँ । फुटबल स्टार लियोनेल मेस्सी को जन्मदिनको अवसरमा डिजीओ र हिमालयन स्पोर्ट्सले फिफा विश्वकप २०२६ लक्षित ‘अल्टिमेट सब्स्क्राइबर गिभअवे’ अभियान घोषणा गरेका छन्। अभियानअन्तर्गत डिजीओ एपमार्फत सिजन पास वा मोबाइल पास खरिद गर्ने ग्राहकहरूले मेस्सी, क्रिस्टियानो रोनाल्डो र नेयमारका हस्ताक्षरित जर्सी, भियतनाम टुर प्याकेज, स्मार्ट टिभी, स्मार्टफोन तथा अन्य आकर्षक उपहार जित्न सक्नेछन्।
अभियानमा सहभागी हुन डिजीओ एप डाउनलोड गरी दर्ता गर्नुपर्ने, सिजन वा मोबाइल पास खरिद गर्नुपर्ने तथा डिजीओ का आधिकारिक सामाजिक सञ्जाल खाताहरू फलो गर्नुपर्नेछ। यो योजना २१ जुनदेखि १५ जुलाई २०२६ सम्म सञ्चालन हुनेछ र नेपालभित्रका योग्य डिजीओ प्रयोगकर्ताहरूले मात्र सहभागिता जनाउन सक्नेछन्।
२०८३ असार ११, बिहीबार १९:०७ प्रकाशित

