रोजगारी माग्दै दृष्टिबिहीनको दैनिक धर्ना


काठमाडौं  । काठमाडौंको माईतीघर मण्डलामा दृष्टिबिहीन व्यवसायीहरूले रोजगारी, शिक्षा र स्वास्थ्यको सुनिश्चितताको माग गर्दै दैनिक धर्ना जारी राखेका छन्।

सडकपेटीमा व्यवसाय गर्न नदिएको र धरपक्कड गरिएको भन्दै उनीहरूले सरकारप्रति आक्रोश व्यक्त गरेका छन्। विगत चार दिनदेखि बिहान ९ बजेदेखि १२ बजेसम्म धर्नामा बस्दै आएका उनीहरूले गाँस, बास र कपासको व्यवस्था तथा सम्मानजनक रोजगारीको अवसर उपलब्ध गराउन सरकारसँग माग गरेका छन्।

सरकारबाट आफ्ना मागको सुनुवाइ नभएको र आफूहरूमाथि अन्याय भएको उनीहरूको गुनासो छ।

२०८३ असार ११, बिहीबार १२:५४ प्रकाशित
ट्रेन्डिङ समाचार