मनसुनबाट ५१ हजार घरधुरी प्रभावित हुन सक्ने अनुमान


काठमाडौं  । राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले यस वर्षको मनसुनका कारण देशभर करिब ५१ हजार घरधुरी प्रभावित हुनसक्ने अनुमान गरेको छ। साथै करिब २ लाख २६ हजार जनसंख्या विपद्को जोखिममा रहेको प्राधिकरणले जनाएको छ।

सूचना अधिकारी शान्ति महतका अनुसार कोशी प्रदेशबाट प्रवेश गरेको मनसुन अझै कमजोर अवस्थामा रहे पनि केही दिनमा देशभर सक्रिय हुने अनुमान छ। सम्भावित क्षति न्युनिकरणका लागि पूर्वतयारी तथा प्रतिकार्य योजना कार्यान्वयनमा ल्याइएको छ।

प्राधिकरणले राहत, उद्धार सामग्री भण्डारण गर्नुका साथै सुरक्षा निकायलाई तयारी अवस्थामा राखेको जनाएको छ। विपद्का बेला प्रयोग हुने हेल्पलाइन ११४९ अब सबै जिल्ला प्रशासन कार्यालयमार्फत पनि सञ्चालन हुने व्यवस्था गरिएको छ।

२०८३ असार १०, बुधबार १६:१९ प्रकाशित
ट्रेन्डिङ समाचार