काठमाडौं ।औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड ले सर्वोच्च अदालतले पुनरावलोकन निवेदन खारेज गरेपछि पनि उद्योगहरूको बिजुली तथा पानी सेवा अवरुद्ध गर्ने कार्य जारी राखेको छ। बिहीबार मात्रै २१ उद्योगको लाइन काटिएको र हालसम्म ६८ उद्योगको सेवा अवरुद्ध रहेको लिमिटेडले जनाएको छ।
उद्योगीहरूले अदालतको फैसलाअनुसार भाडा तिर्न तयार रहेको बताउँदै वास्तविक बक्यौता निर्धारण नगरी सेवा काटिएको आरोप लगाएका छन्। यता लिमिटेडले भने सर्वोच्च अदालतको आदेश र प्रचलित कानुनअनुसार नै बक्यौता असुली प्रक्रिया अघि बढाइएको दाबी गरेको छ। हालसम्म ३२ करोड रुपैयाँभन्दा बढी बक्यौता रकम असुल भइसकेको लिमिटेडको भनाइ छ।