असार ७ गते आइतबार,यस्तो छ तपाईंको राशिफल


मेष : दिन धेरै अनुकूल छ । कार्य सिद्धि, द्रव्य लाभ, विजय, गरेको काममा सफलता होला । वृष : दिनभर तनाव, दौडधूप हुन सक्छ । बेलुकीपख भने सुख–सन्तोष, कार्य सिद्धि होला । मिथुन : धनप्राप्ति, प्रतिष्ठा बढ्ने देखिन्छ । बेलुकीपख भने विवादमा नफसिएला भन्न सकिन्न । कर्कट : दिनभर तनाव, अस्थिरता हुन सक्छ तर बेलुकीपख भने द्रव्य लाभ, उन्नति हुने देखिन्छ । सिंह : विविध सेवा वा वस्तु प्राप्ति होला । बेलुका भने खर्च, धन हानि हुन सक्ने देखिन्छ । कन्या : नोक्सानी हुने डर हुन्छ । बेलुका हुन लागेपछि भने लाभ, सफलता हुने सम्भावना छ । तुला : पूर्वाह्न मिष्ठान्न भोजन, परिवार–सुख हुनेछ भने बेलुका धन नाश, तनाव हुन सक्छ । वृश्चिक : समय बलवान् छ । रोगव्याधि हरण, स्फूर्ति बढ्ने, इष्टमित्रसँग भेटघाट, धन लाभ होला । धनु : तपाईंका लागि दिन शुभ छ । मान–सम्मान, राजनीतिक सफलता, उपहार प्राप्ति हुन सक्छ । मकर : पूर्वाह्न कार्य असफल भए पनि बेलुकीपख भने राज्य–सुख, प्रतिष्ठा वृद्धि हुने देखिन्छ । कुम्भ : आइपरेका समस्या सुल्झने र सम्मान बढ्ने होला । बेलुका भने दुःख–कष्ट आइलाग्न सक्छ । मीन : समय उत्तम छ । परीक्षा, खेलकुद , मुद्दामामिला आदिमा विजय, प्रतिष्ठामा वृद्धि हुने देखिन्छ ।

२०८३ असार ७, आईतवार ०७:०० प्रकाशित
ट्रेन्डिङ समाचार