काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत शनिबार बिहान फिलाडेल्फियामा भएको खेलमा ब्राजिलले हाइटीलाई ३–० ले पराजित गरेको छ। म्याथियस कुन्हाले २३औँ र ३६औँ मिनेटमा दुई गोल गरे भने भिनिसियस जुनियरले पहिलो हाफको इन्जुरी समयमा अर्को गोल थपे।
दोस्रो हाफमा कुनै गोल भएन र ब्राजिलले खेलभर बलमा पूर्ण नियन्त्रण कायम राख्यो। हाइटीले केही अवसर बनाए पनि गोल गर्न सकेन। ब्राजिलका थप दुई गोल अफसाइडका कारण मान्य भएनन्।