वालेन्द्रका कोरटिम सदस्य साह पक्राउपछि रिहा

म्याद थपकै दिन सन्तोष साह रिहा


काठमाडौं । ठगी तथा बैंकिङ कसुर मुद्दामा पक्राउ परेका मिथिला थालीका सञ्चालक सन्तोष साह म्याद थप भएकै दिन हाजिर जमानीमा रिहा भएका छन्। जेठ २९ गते धनुषाबाट पक्राउ परेका साहलाई काठमाडौं जिल्ला अदालतले बैंकिङ कसुर (चेक अनादर) मुद्दामा १ महिना कैद र १ लाख २५ हजार रुपैयाँ जरिवाना तोकेको थियो।

प्रहरीले सोमबार थप ३ दिन म्याद लिएको भए पनि सोही दिन बेलुका साह रिहा भएका हुन्। प्रहरीले ठगी मुद्दामा मिलापत्रको प्रावधान रहेको र बैंकिङ कसुर मुद्दामा पुनरावेदनको समय बाँकी रहेकाले रिहा गरिएको जनाएको छ। तर स्रोतहरूले माथिल्लो तहबाट दबाब आएपछि कैद भुक्तान र जरिवाना नतिरी छुटाइएको दाबी गरेका छन्। घटनाले कानुनी प्रक्रिया र समान न्यायको विषयमा प्रश्न उठाएको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले निकालेको विज्ञप्ति

यस्तो थियो बालेनको ‘कोर टिम

२०८३ असार ४, बिहीबार १९:१६ प्रकाशित
ट्रेन्डिङ समाचार