काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशका विभिन्न पहाडी तथा हिमाली क्षेत्रमा मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना रहेको जनाएको छ।
कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मध्यम वर्षा हुन सक्नेछ भने लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका एक–दुई स्थानमा पनि वर्षाको सम्भावना रहेको छ।
साथै, कोशी प्रदेशको तराई र मधेश प्रदेशका केही स्थानमा पनि वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ। महाशाखाले लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा तातो दिन रहने सम्भावना रहेको जनाएको छ।
२०८३ असार ३, बुधबार ०७:१४ प्रकाशित

