देशभर मिश्रित मौसम, पहाडमा वर्षा र पश्चिम तराईमा गर्मी बढ्ने


काठमाडौं । नेपालमा पश्चिमी न्यून चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको संयुक्त प्रभावका कारण सोमबार देशभर मिश्रित मौसम रहने भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ भने उच्च हिमाली क्षेत्रमा हिमपातसमेत हुन सक्छ।

कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा वर्षाको सम्भावना रहेको छ। साथै कोशी र मधेस प्रदेशका केही तराई क्षेत्रमा पनि मेघगर्जनसहित पानी पर्न सक्ने अनुमान गरिएको छ।

यता लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रहरूमा भने मौसम मुख्यतया सफा रहने र गर्मी बढ्ने देखिएको छ। ती क्षेत्रमा तातो हावा चल्न सक्ने भएकाले आवश्यक सावधानी अपनाउन मौसमविद्ले आग्रह गरेका छन्।

२०८३ असार १, सोमबार ०८:५८ प्रकाशित
ट्रेन्डिङ समाचार