काठमाडौँ। काठमाडौँको माइतीघरमा प्रशिक्षार्थी चिकित्सकहरूले ७ बुँदे माग राख्दै प्रदर्शन गरेका छन्। उनीहरूले श्रम ऐनअनुसार ड्युटी समय सीमित गर्न, साप्ताहिक बिदा सुनिश्चित गर्न र अतिरिक्त समय कामको भत्ता दिनुपर्ने माग गरेका छन्।
त्यसैगरी, सुत्केरी बिदा, इन्टर्न तथा आवासीय चिकित्सकको तलब वृद्धि, श्रम शोषण अनुगमन समिति गठन, जरिवाना घटाउने तथा अनिवार्य कार्यअनुभवको प्रावधान खारेज गर्नुपर्ने उनीहरूको माग छ।
२०८३ जेष्ठ ३०, शनिबार १६:२५ प्रकाशित

