सुर्खेत प्रहरी हिरासतमा युवाको मृत्यु


काठमाडौँ । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१० पिपिराका २१ वर्षीय सबीर बक्सको जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा मृत्यु भएको छ।

मोबाइल चोरी मुद्दामा जेठ २७ गतेदेखि हिरासतमा रहेका बक्सको स्वास्थ्यमा समस्या आएपछि शनिबार बिहान कर्णाली प्रादेशिक अस्पताल लगिएको थियो। अस्पतालले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ।

मृत्युको कारण पोस्टमार्टम रिपोर्टपछि मात्र खुल्ने बताइएको छ। शव परीक्षणका लागि फरेन्सिक डाक्टर बोलाउने प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

२०८३ जेष्ठ ३०, शनिबार १६:१२ प्रकाशित
ट्रेन्डिङ समाचार