काठमाडौं । नख्खु कारागारबाट फरार भएका डाँका चोरी मुद्दाका कैदी सुनिल श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ। दोलखाको सैलुङ गाउँपालिका–८ निवासी ४४ वर्षीय श्रेष्ठलाई सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–९ मुढेबाट पक्राउ गरी पुनः कारागार पठाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ।
श्रेष्ठ ५ वर्ष कैद सजाय भुक्तान गरिरहेका बेला २०८२ फागुन २४ गते नख्खु कारागारबाट फरार भएका थिए।
२०८३ जेष्ठ ३०, शनिबार १४:१५ प्रकाशित

