२४ घण्टामा २ हजार ५९८ चालक कारबाहीमा, रु १७.८६ लाख राजस्व संकलन
काठमाडौँ । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा सवारी नियम उल्लङ्घन गर्ने दुई हजार ५९८ चालक कारबाहीमा परेका छन्। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय का अनुसार उक्त कारबाहीबाट राज्यकोषमा रु १७ लाख ८६ हजार ५०१ राजस्व संकलन भएको छ।
कारबाहीमा पर्नेमा मादकपदार्थ सेवन गरी सवारी चलाउने १९९, नियमविपरीत राइड सेयरिङ गर्ने १६७, ट्राफिक सङ्केत बत्ती उल्लङ्घन गर्ने १२० तथा तीव्र गतिमा सवारी चलाउने १६८ जना रहेका छन्।
साथै लेन अनुशासन उल्लङ्घन गर्ने १२०, निषेधित क्षेत्रमा हर्न बजाउने १२६, सडक पेटीमा पार्किङ गर्ने १५६, एकतर्फी सडकमा सवारी चलाउने १८६ र अन्य विभिन्न नियम उल्लङ्घन गर्ने एक हजार ३५६ चालकलाई पनि कारबाही गरिएको कार्यालयले जनाएको छ।