महावीर पुन विज्ञान तथा नवप्रवर्तन मन्त्री बन्ने सम्भावना
काठमाडौं । म्याग्दीबाट निर्वाचित स्वतन्त्र सांसद महावीर पुन विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री बन्ने सम्भावना रहेको बताइएको छ। प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार उनलाई उक्त मन्त्रालयको जिम्मेवारी दिने तयारी भइरहेको छ।
तर पुनले भने मन्त्री बनाउने विषयमा आफूलाई कुनै जानकारी नभएको बताएका छन्। उनले यसबारे कसैले सम्पर्क नगरेको प्रतिक्रिया दिएका छन्।
पुनले लामो समयदेखि विज्ञान, अनुसन्धान र नवप्रवर्तन क्षेत्रमा लगानी बढाउन आवाज उठाउँदै आएका छन्। सरकारले आगामी बजेटमा यस क्षेत्रका लागि पूँजीगत खर्चको एक प्रतिशत रकम विनियोजन गरेको छ। पुन यसअघि अन्तरिम सरकारमा शिक्षामन्त्री समेत रहिसकेका छन् र राष्ट्रिय आविष्कार केन्द्र का संस्थापक हुन्।