काठमाडौं । नेपालको बैंकिङ प्रणालीमा कुल निक्षेप ८० खर्ब १४ अर्ब रुपैयाँ पुगेको छ। रेमिटेन्स आप्रवाहमा उल्लेखनीय वृद्धि र वैकल्पिक लगानीका अवसर सीमित हुँदा बैंकहरूमा निक्षेप बढिरहेको नेपाल राष्ट्र बैंकले जनाएको छ।
चालु आर्थिक वर्षको पहिलो नौ महिनामा १६ खर्ब ५९ अर्ब रुपैयाँ रेमिटेन्स भित्रिएको छ, जुन अघिल्लो वर्षको तुलनामा ३९ प्रतिशत बढी हो। निक्षेप बढे पनि कर्जा विस्तार अपेक्षाकृत सुस्त रहँदा बैंकहरूको सीडी रेसियो ७२.९३ प्रतिशतमा सीमित भएको छ।
हाल बैंकहरूसँग १३ खर्ब रुपैयाँभन्दा बढी लगानीयोग्य स्रोत उपलब्ध भए पनि निजी क्षेत्रको कर्जा माग कमजोर छ। अतिरिक्त तरलताको ठूलो हिस्सा बैंकहरूले नेपाल राष्ट्र बैंकमा राखिरहेका छन्। अर्थविद्हरूले आर्थिक गतिविधि र लगानी वातावरणमा सुधार नआएसम्म कर्जा विस्तारले गति लिन कठिन हुने बताएका छन्।
२०८३ जेष्ठ २१, बिहीबार २०:१३ प्रकाशित


