बीवाईडीका ७७४ गाडी प्रकरणमा छानबिन समिति गठन


काठमाडौं ।  बीवाईडीका ७७४ वटा गाडी भन्सार छलेर नेपाल भित्र्याइएको हो वा होइन भन्ने विषयमा अनुसन्धान गर्न भन्सार विभागले छानबिन समिति गठन गरेको छ। विभागका महानिर्देशक श्याम प्रसाद भण्डारीले गठन गरेको समितिको संयोजकमा भन्सार मूल्याङ्कन शाखाका निर्देशक भुपाल राज शाक्य रहेका छन्।

स्रोतका अनुसार समितिका सदस्यहरू अनुसन्धानका लागि मुस्ताङस्थित कोरोला नाका पुगेका छन्। सशस्त्र प्रहरीले बुधबार भन्सार छलीको आशंकामा बीवाईडीका ७७४ वटा गाडी नियन्त्रणमा लिएपछि विभागले छानबिन प्रक्रिया अघि बढाएको हो।

यता, नेपालका लागि बीवाईडीको आधिकारिक आयातकर्ता साइमेक्स इंकले भने सबै गाडी कानुनी प्रक्रिया पूरा गरी आयात गरिएको दाबी गरेको छ। कम्पनीका अनुसार जेठ ८ देखि १३ गतेसम्म २,२४२ वटा गाडी विधिसम्मत रूपमा नेपाल भित्र्याइएको हो।

२०८३ जेष्ठ २१, बिहीबार १८:५७ प्रकाशित
ट्रेन्डिङ समाचार