भक्तपुरको ख्वप्रिङ्ग स्कुलमा आगलागी, रु ५० लाख क्षति


भक्तपुर ।   भक्तपुर नगरपालिका–लिवालीस्थित ख्वप्रिङ्ग इङ्लिस सेकेण्डरी स्कुलमा आगलागी हुँदा विद्यालयको दुई तला र पाँच वटा कक्षाकोठा पूर्ण रूपमा नष्ट भएका छन्। विद्यालयका प्रधानाध्यापक विनोद प्रजापतिका अनुसार आगलागीबाट करिब रु ५० लाख बराबरको क्षति भएको छ।

विद्युत् सर्टका कारण आगलागी भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ। हाल जलेका सामग्री हटाउने र सरसफाइको काम भइरहेको विद्यालय प्रशासनले जनाएको छ। पठनपाठन लामो समय प्रभावित हुन नदिने गरी व्यवस्थापन मिलाइँदै गरिएको छ। प्रहरी वृत्त जगातीले क्षतिको विस्तृत विवरण सङ्कलन गरिरहेको जनाएको छ।

२०८३ जेष्ठ २१, बिहीबार १२:५० प्रकाशित
ट्रेन्डिङ समाचार