काठमाडौं । सरकारले विभिन्न ३१ सरकारी निकाय खारेज गर्ने घोषणा गरेको छ।
आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री स्वर्णिम वाग्ले ले ६ निकाय मर्ज, ६ निकाय हस्तान्तरण तथा १८ निकाय पुनःसंरचना गरिने जानकारी दिए।
सरकारले प्रशासनिक खर्च कटौती गर्दै सार्वजनिक निकायलाई थप प्रभावकारी बनाउने नीति लिएको जनाएको छ।
अर्थमन्त्री वाग्लेले कर्मचारी र सुरक्षा निकायका कर्मचारीको सेवासुविधा क्रमिक रूपमा सुधार गरिने पनि बताए।
उनले साधारण खर्चमा मितव्ययिता कायम गरिने उल्लेख गर्दै राज्य संयन्त्रलाई चुस्त र जवाफदेही बनाइने बताए।
२०८३ जेष्ठ १५, शुक्रबार १७:०३ प्रकाशित


