देशका विभिन्न क्षेत्रमा वर्षा र हावाहुरीको सम्भावना


काठमाडौँ । नेपालमा पश्चिमी तथा स्थानीय वायुको प्रभावसँगै पूर्वी भूभाग नजिकको न्यून चापीय क्षेत्र सक्रिय रहेकाले आज देशका विभिन्न प्रदेशमा वर्षा र हावाहुरीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहनेछ भने केही स्थानमा चट्याङ्गसहित मध्यम वर्षा हुन सक्नेछ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी तथा हिमाली क्षेत्रमा पनि हल्का वर्षाको सम्भावना रहेको छ।

त्यस्तै, मधेससहित कोशी, बागमती र गण्डकीका तराई तथा पहाडी भूभागमा अपराह्नपछि हावाहुरी चल्न सक्ने चेतावनी दिइएको छ। सुदूरपश्चिम र लुम्बिनीका तराई क्षेत्रमा तातो दिन रहने सम्भावना पनि रहेको महाशाखाले जनाएको छ।

२०८३ जेष्ठ १३, बुधबार ०८:४५ प्रकाशित
ट्रेन्डिङ समाचार