माधव नेपाल रुस प्रस्थान, कम्युनिस्ट सम्मेलनमा सम्बोधन गर्ने


काठमाडौँ  ।नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल शनिबार रुस प्रस्थान गरेका छन्। रसियन कम्युनिस्ट पार्टीको निमन्त्रणामा उनी अन्तर्राष्ट्रिय कम्युनिस्ट सम्मेलनमा सहभागी हुन त्यसतर्फ गएका हुन्।

पार्टी नेता ताजमोहम्मद मियाँका अनुसार जेठ ११ गते हुने सम्मेलनमा नेपालले सम्बोधन गर्ने कार्यक्रम छ। भ्रमणका क्रममा उनले रसियन कम्युनिस्ट पार्टीका महासचिव गेन्नाडी जुहानोभ लगायत नेतासँग भेटवार्ता गर्नेछन्। साथै नेपाल–रुस सम्बन्ध, आर्थिक विकास र आपसी हितका विषयमा छलफल हुने बताइएको छ। उनी जेठ १३ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ।

२०८३ जेष्ठ १०, आईतवार १०:०६ प्रकाशित
ट्रेन्डिङ समाचार