बैंकमा १३ खर्ब लगानीयोग्य रकम थुप्रियो, कर्जा माग कमजोर


काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थासँग हाल १३ खर्ब रुपैयाँभन्दा बढी लगानीयोग्य रकम भए पनि गुणस्तरीय कर्जा माग अभावका कारण ठूलो हिस्सा राष्ट्र बैंकमै ‘पार्क’ भएको छ। बैंकहरूले १० खर्ब ४० अर्ब रुपैयाँभन्दा बढी रकम निक्षेप संकलन उपकरण, स्थायी निक्षेप सुविधा (एसडीएफ) र राष्ट्र बैंक ऋणपत्रमार्फत राखेका छन्।

रेमिट्यान्स बढेसँगै बैंकिङ प्रणालीमा निक्षेप ७९ खर्ब ७९ अर्ब रुपैयाँ पुगे पनि कर्जा प्रवाह ५८ खर्ब ७६ अर्ब रुपैयाँमै सीमित रहेको छ। निजी क्षेत्र विस्तारभन्दा ऋण तिर्ने दबाबमा रहेकाले नयाँ लगानी र कर्जा माग कमजोर बनेको बैंकरहरूको भनाइ छ।

राष्ट्र बैंकले विभिन्न सहजीकरण उपाय ल्याए पनि कर्जा विस्तारमा अपेक्षित सुधार आउन सकेको छैन। अर्थविद्हरूले उत्पादनशील क्षेत्रमा लगानी नबढे अर्थतन्त्र थप सुस्त हुन सक्ने चेतावनी दिएका छन्।

२०८३ जेष्ठ ७, बिहीबार १८:४४ प्रकाशित
ट्रेन्डिङ समाचार