काठमाडौं ।
चालु आर्थिक वर्ष २०८२/०८३ को वैशाख महिनामा घरजग्गा कारोबार उल्लेखनीय रूपमा बढेको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार गत वर्षको वैशाखको तुलनामा यस वर्ष वैशाखमा घरजग्गा किनबेच १७.७ प्रतिशतले वृद्धि भएको हो ।
२०८२ वैशाखमा १ लाख ४४ हजार ३५ पटक कारोबार भएकोमा २०८३ वैशाखमा यो संख्या बढेर १ लाख ६९ हजार ५३८ पुगेको छ । कारोबारसँगै राजस्व संकलन पनि ३८ प्रतिशतले बढेर ६ अर्ब २६ करोड रुपैयाँ पुगेको विभागले जनाएको छ ।
सरकारले कित्ताकाट खुलाएपछि मंसिरदेखि कारोबारमा सुधार देखिएको थियो भने चैत र वैशाखमा उच्च वृद्धि भएको हो । व्यवसायीहरूले स्थायी सरकार गठन, लगानीकर्ताको आत्मविश्वास वृद्धि तथा बैंक ब्याजदर घट्नु कारोबार बढ्नुका मुख्य कारण भएको बताएका छन् ।
२०८३ जेष्ठ १, शुक्रबार १९:०५ प्रकाशित


