पहाडी क्षेत्रमा चट्याङ्गसहित वर्षा हुने


काठमाडौ ।

हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु तथा न्यून चापीय क्षेत्रको प्रभाव रहेकाले देशका विभिन्न क्षेत्रमा मौसम बदली भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ।

आज दिउँसो र राति हिमाली तथा पहाडी भूभागमा सामान्यदेखि पूर्ण बदली रहने तथा केही स्थानमा चट्याङ्गसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ। तराई क्षेत्रमा भने आंशिक बदली रहने जनाइएको छ।

२०८३ जेष्ठ १, शुक्रबार ०६:५५ प्रकाशित
ट्रेन्डिङ समाचार