काठमाडौमा ग्यासको चरम अभाव, बालाजुमा ग्यास लिनेको लाम


काठमाडौ

मध्यपूर्वीमा जारी तनावको असरस्वरूप नेपालमा पेट्रोलियम पदार्थ र ग्यास अभाव हुन थालेको छ ।आयल निगमले पेट्रोल तथा ग्यासको अभाव नरहेको बताइरहँदा बजारमा भने उपभोक्ताले पाइरहेका छैनन् । काठमाडौको बालाजु औद्योगिक क्षेत्र भित्रको नेपाल ग्यास उद्योगको वितरण कक्षमा ग्यास लिन सयौँ उपभोक्ताको लाम छ ।अन्यत्र पनि यस्तै अवस्था रहेको बताइएको छ ।
नजिकैका पसलहरूमा ग्यास अभाव हुन थालेकाले सिलिन्डर बोकेर बालाजु आउन परेको सर्वसाधारण बताउँछन् ।

२०८२ फाल्गुन २८, बिहीबार १२:२९ प्रकाशित
ट्रेन्डिङ समाचार