प्रधानमन्त्री शाहको यस्तो छ अमेरिकामा कार्यक्रम


काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिका प्रस्थान गरेका छन्।

मंगलबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतारको दोहा हुँदै न्युयोर्कतर्फ प्रस्थान गरेका शाह बुधबार न्युयोर्क पुग्ने कार्यक्रम छ। न्युयोर्कमा उनलाई संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि, अमेरिकाका लागि नेपाली कार्यवाहक राजदूतलगायतका अधिकारीहरूले स्वागत गर्नेछन्।

प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्नुका साथै महासभालाई नेपालको तर्फबाट सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

भ्रमण सम्पन्न गरी प्रधानमन्त्री शाह असोज १० गते काठमाडौं फर्किने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

प्रतिक्रिया

ट्रेन्डिङ समाचार