काठमाडौँ । बुधबार नेप्से परिसूचक ३६.२५ अंकले घटेर २ हजार ६१८.०३ विन्दुमा झरेको छ। यो अघिल्लो दिनको तुलनामा १.३६ प्रतिशतको गिरावट हो।
आज कारोबार भएका २७६ कम्पनीमध्ये २३ कम्पनीको सेयर मूल्य बढ्दा २५३ कम्पनीको मूल्य घटेको छ। दिनभर ६ अर्ब ३५ करोड रुपैयाँ बराबरको धितोपत्र कारोबार भएको छ।
नेप्सेसँगै अधिकांश उपसूचक घटेका छन्। जीवन बिमा समूहमा सबैभन्दा बढी २.०४ प्रतिशतको गिरावट आएको छ।
बजार घटे पनि धौलागिरी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १५ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ। सीवाइसी नेपालको सेयर मूल्य पनि ५.४४ प्रतिशतले बढेको छ।
यता, फर्स्ट माइक्रोफाइनान्सका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन्। कम्पनीको सेयर मूल्य ८.५४ प्रतिशतले घटेको छ। कारोबार रकमका आधारमा शिवम् सिमेन्ट्स अग्रस्थानमा रह्यो। कम्पनीको ३८ करोड ३४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको नेप्सेले जनाएको छ।

प्रतिक्रिया