ADVERTISEMENT

बूढानीलकण्ठबाट २१ किलो सुनसहित तीन चिनियाँ पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठमा भाडाको घरमा सुन प्रशोधन गरी अवैध कारोबार गर्दै आएका तीन चिनियाँ नागरिक पक्राउ परेका छन्।

नेपाल प्रहरीको अपराध अनुसन्धान कार्यालय, टेकुको टोलीले बिहीबार साँझ छापा मार्दा करिब २१ किलो सुन बरामद गरेको हो। प्रहरीले सुन गाल्ने, गुणस्तर जाँच्ने तथा विभिन्न आकारमा ढाल्ने उपकरणसमेत फेला पारेको छ।

प्रारम्भिक अनुसन्धानअनुसार पक्राउ परेका चिनियाँ नागरिकहरूले ठोस र तरल स्वरूपमा सुन ल्याएर आवश्यकताअनुसार प्रशोधन गरी आपूर्ति गर्ने गरेको खुलेको छ।

उनीहरूले सुन कहाँबाट ल्याउने र कसलाई आपूर्ति गर्ने गरेका थिए भन्ने विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार