ADVERTISEMENT

दशैंका लागि गुल्मीमा भेडा–च्याङग्रा बिक्री सुरु

गुल्मी । दशैं नजिकिएसँगै गुल्मीको सदरमुकाम तम्घासमा भेडा तथा च्याङग्रा बिक्री सुरु भएको छ। बागलुङको ढोरपाटनबाट व्यवसायीले दशैंलाई लक्षित गरी करिब एक सय वटा भेडा–च्याङग्रा बिक्रीका लागि ल्याएका हुन्।

व्यवसायी चुडामणि भट्टराईका अनुसार यस वर्ष असोज ४ गतेदेखि भेडा–च्याङग्रा ल्याउन सुरु गरिएको हो। उनी विगत १५ वर्षदेखि यस व्यवसायमा संलग्न छन्।

हाल च्याङग्रा प्रतिकिलो जिउँदो तौल १ हजार २ सय रुपैयाँ र भेडा प्रतिकिलो १ हजार रुपैयाँका दरले बिक्री भइरहेको छ। पशुको आकार र तौलअनुसार मूल्य फरक पर्ने व्यवसायीले बताएका छन्।

दशैंमा भाकल पूरा गर्न तथा धार्मिक परम्पराअनुसार पूजाआजाका लागि भेडा खरिद गर्ने चलन रहेकाले यस समयमा माग बढ्ने गरेको छ। स्थानीय उत्पादन सीमित हुँदा गुल्मीमा भेडा–च्याङग्रा बाहिरी जिल्लाबाट ल्याउनुपर्ने अवस्था छ।

ढोरपाटनबाट पशु ल्याउँदा बाटोमा बास बस्ने र सुरक्षित रूपमा राख्ने उपयुक्त स्थानको अभावले समस्या हुने गरेको व्यवसायी भट्टराईले बताए।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार