काठमाडौँ । मनसुनी वायुको प्रभावका कारण आज देशका हिमाली तथा पहाडी क्षेत्रमा बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
कोशी र बागमतीका केही पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षा हुने सम्भावना छ। यस्तै, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका एक–दुई स्थानमा पनि हल्का वर्षाको सम्भावना रहेको छ।
राति कोशी, बागमती र गण्डकीका हिमाली तथा पहाडी क्षेत्रमा हल्का वर्षासँगै हिमपात हुनसक्ने महाशाखाले जनाएको छ। तराई क्षेत्रमा भने मौसम मुख्यतया सफा रहनेछ।
सम्बन्धित खबर



प्रतिक्रिया