वर्षापछि सुदूरपश्चिमका ७ पहाडी जिल्लामा यातायात बन्द


धनगढी । लगातारको वर्षाका कारण बाढी र पहिरोको जोखिम बढेपछि सुदूरपश्चिमका ७ पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।

स्थानीय प्रशासनले शनिबार बिहान ७ बजेदेखि आइतबार बिहान ७ बजेसम्म छोटो तथा लामो दूरीका सबै सवारीसाधन सञ्चालनमा रोक लगाएको हो।

प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार जोखिमलाई मध्यनजर गर्दै सम्बन्धित जिल्ला प्रशासनले यस्तो निर्णय गरेका हुन्। कैलाली र कञ्चनपुरमा भने सवारीसाधन सञ्चालन भइरहेका छन्।

प्रहरीले पहाडतर्फ जाने केही सवारीसाधनलाई खानीडाँडामा रोकेर फर्काएको जनाएको छ। लगातारको वर्षाका कारण बाढी तथा पहिरोको जोखिम रहेकाले सतर्क रहन प्रशासनले सर्वसाधारणलाई आग्रह गरेको छ।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार