अम्रिसो निर्यातबाट दुई महिनामै २० करोडभन्दा बढी आम्दानी


काठमाडौं । चालु आर्थिक वर्षको पहिलो दुई महिनामा नेपालबाट २० करोड ५८ लाख रुपैयाँभन्दा बढीको अम्रिसो निर्यात भएको छ।

भन्सार विभागका अनुसार साउन र भदौ महिनामा २८ लाख ४ हजार किलोग्राम अम्रिसो निर्यात भएको हो। निर्यात भएको सम्पूर्ण अम्रिसो भारततर्फ गएको विभागले जनाएको छ।

यस आधारमा औसत निर्यात मूल्य करिब प्रति किलोग्राम ७३ रुपैयाँ पर्न आउँछ।

प्रतिक्रिया

↗
ट्रेन्डिङ समाचार