प्रशासनपोस्टमा आजका प्रशासनिक हाइलाइट्स, प्रशासन क्षेत्रमा आज दिनभर के–के भयो ?


१. संघीय निजामती सेवा विधेयकको अध्ययन जारी
लोकसेवा आयोगले संघीय निजामती सेवा विधेयकबारे थालेको अध्ययन तथा विश्लेषण आज दिनभर पनि जारी राख्यो।

२. १३८ कर्मचारीको सरुवा
भूमि व्यवस्था, सहकारी , संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट ५२ शाखा अधिकृत र ८६ खरिदारसहित १३८ कर्मचारीको सरुवा।

३. १४ सहसचिवको सरुवा सार्वजनिक
मन्त्रिपरिषद्ले पाँच दिनअघि गरेको १४ सहसचिवको सरुवा सूची मंगलबार सार्वजनिक।

४. रमाना नदिए कार्यालय प्रमुखकै तलबबाट असुलिने
सरुवा भएका कर्मचारीलाई समयमै रमाना नदिए कार्यालय प्रमुख र लेखा प्रमुखबाटै तलब असुल्ने निर्णय।

५. भोलि खुल्दैछ यस वर्षकै पहिलो लोकसेवा विज्ञापन
लोकसेवा आयोगले यस वर्षको पहिलो विज्ञापन भोलि प्रकाशित गर्ने तयारी पूरा गरेको छ। विभिन्न सेवा समूहका सहसचिव पदमा विज्ञापन हुने निश्चित।

प्रतिक्रिया

ट्रेन्डिङ समाचार